site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
सुनको मूल्य स्थिर, चाँदीको घट्यो

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा एक लाख ११ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ ।

तेजाबी सुन तोलामा एक लाख १० हजार ५५० रुपैयाँमा कारोबार भइरहेको छ । 

यस्तै, चाँदी मूल्य तोलामा १० रुपैयाँले घटेको छ । चाँदी तोलामा एक हजार ४५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रकाशित मिति: शुक्रबार, भदौ ८, २०८०  ११:५३
प्रतिक्रिया दिनुहोस्