site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
चन्द्रमामा चन्द्रयान–३ को सफल अवतरण

काठमाडौं । भारतीय अन्तरिक्षयान चन्द्रयान–३ सफलतापूर्वक चन्द्रमामा अवतरण भएको छ । बुधबार भारतीय समयअनुसार साँझ ६ बजेर ४ मिनेटमा चन्द्रयान–३ यान चन्द धरातलमा अवतरण भएको हो ।

भारतको यो पहिलो अन्तरिक्षयान हो, जुन पृथ्वीको उपग्रहमा अवतरण भएको छ । रुस, अमेरिका र चीनपछि भारत यो सफलता हात पार्ने चौथो देश बनेको छ ।

Argakhachi Cement Island Ad

अवतरणपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले यो एक अविश्मरणीय भएको बताएका छन् ।

 

प्रकाशित मिति: बुधबार, भदौ ६, २०८०  १८:२३
प्रतिक्रिया दिनुहोस्