प्रविधि

हाइनान । चीनले मंगलबार साँझ हाइनान प्रान्तको वेनचाङ अन्तरिक्ष प्रक्षेपण केन्द्रबाट नयाँ सञ्चार उपग्रह सफलतापूर्वक प्रक्षेपण गरिएको जनाएको छ ।
‘चाइना–स्याट ३बी’ नामको उक्त उपग्रहलाई साँझ ७ः५० बजे लङ मार्च नामक रकेटमार्फत प्रक्षेपण गरिएको हो । उपग्रहले पूर्वनिर्धारित कक्षमा सफलतापूर्वक स्थान लिन सफल भएको छ ।
यो उपग्रहमार्फत स्वर सञ्चार तथ्य आदानप्रदान, रेडियो तथा टेलिभिजन प्रसारण सेवा प्रदान गरिने अपेक्षा गरिएको छ ।
लङ मार्च रकेट शृंखलाको यो ५७७औँ उडान हो । यसलाई एक महत्त्वपूर्ण उपलब्धिका रूपमा लिइएको छ । रासस/सिन्ह्वा
प्रकाशित मिति: मंगलबार, जेठ ६, २०८२ २२:३३
प्रतिक्रिया दिनुहोस्