site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
चन्द्रमामा भोलि अवतरण हुँदै चन्द्रयान–३,  यसरी हेर्न सकिन्छ लाइभ

काठमाडौं । भारतको ऐतिहासिक चन्द्र मिसन भोलि चन्द्रमाको सतहमा अवतरण हुँदै छ ।

अगस्ट २३ अर्थात् बुधबार भारतीय समयअनुसार साँझ ६ बजेर ४ मिनेटमा चन्द्रयान–३ चन्द्रमाको दक्षिणी ध्रुवमा अवतरण हुनेछ ।

Argakhachi Cement Island Ad

चन्द्रयान–३ को सफलता भारतका लागि नयाँ इतिहास हुनेछ र यो पृथ्वीको उपग्रहमा अवतरण हुने पहिलो भारतीय अन्तरिक्षयान हुनेछ ।

भारतीय अन्तरिक्ष अनुसन्धान संगठन (इसरो)ले ५ बजेर ३५ मिनेटदेखि चन्द्रयान–३ को अवतरण लाइभ गर्ने घोषणा गरेको छ । यो लाइभ इसरोको वेबसाइट र युट्युब च्यानलमा हेर्न सकिनेछ ।

ल्यान्डर विक्रम र रोभर प्रज्ञानसहितको चन्द्रयान–३ को ल्यान्डर मोड्युलले अवतरणका लागि उपयुक्त स्थानको खोजी गरिरहेको छ।

यसअघि सन् २०१९ मा भारतको चन्द्र मिसन चन्द्रयान–२ चन्द्रमाको सतहबाट २.१ किलोमिटर टाढा रहँदा सञ्चार गुमेपछि असफल भएको थियो ।

विक्रम ल्यान्डरमा जडित हाई रिजोल्युसनको क्यामेराले २५ किलोमिटरको उचाइबाट नै अवतरणका लागि सुरक्षित ठाउँ हेर्न सुरु गर्नेछ ।

इसरोका वैज्ञानिकहरूले भोलि अवतरणका बेला कुनै समस्या देखिएमा अगस्ट २७ का लागि अर्को अवतरण मिति तय गर्ने बताएका छन् ।

प्रकाशित मिति: मंगलबार, भदौ ५, २०८०  १६:४०
प्रतिक्रिया दिनुहोस्