site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
समाजवादी मोर्चाको बैठक सुरु 

काठमाडौं । चार दल सम्मिलित समाजवादी मोर्चाको बैठक सुरु भएको छ । बैठक नेकपा (एकीकृत समाजवादी)को कार्यालय आलोकनगरमा बसिरहेको हो । 

बैठकमा सरकारका गतिविधि, समसामयिक राजनीतिक घटनाक्रमलगायत विषयमा छलफल हुने जनाइएको छ । 

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पत्नी सीता दाहालको निधनपछि मोर्चाको बैठक पहिलो पटक बसेको हो । मोर्चा गठन भएको करिब तीन महिनापछि बसेको यो दोस्रो बैठक हो ।

मोर्चामा नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी, नेकपा (एकीकृत समाजवादी) र नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी रहेका छन् ।
 

प्रकाशित मिति: सोमबार, भदौ ४, २०८०  ०८:१९
प्रतिक्रिया दिनुहोस्