site stats
बाह्रखरी :: Baahrakhari
देश
पर्वतमा बलात्कारको आरोपमा एकजना पक्राउ
प्रतीकात्मक तस्बिर ।

काठमाडौं । पर्वतमा बलात्कारको आरोपमा एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा जलजला गाउँपालिका–२, तमिला खर्कका २८ वर्षीय राजन कार्की छन् ।

५५ वर्षीया एक महिलाको बलात्कार गरेको आरोपमा शुक्रबार दिउँसो उनलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

गएको साउन ३२ गते राति कार्कीले ती महिलामाथि कुटपिट र बलात्कार गरेको आरोप छ । कुटपिटबाट घाइते भएकी महिलाको जिल्ला अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: शनिबार, भदौ २, २०८०  १६:२७
प्रतिक्रिया दिनुहोस्