site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
सिटिजन्स बैंक र हार्ड रक क्याफेबीच समझदारी

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र दरबारमार्ग, शेर्पा मलस्थित हार्ड रक क्याफेबीच सिटिजन्स बैंकका ग्राहकहरूलाई छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

सो समझदारीपत्रमा हस्ताक्षरपश्चात् सिटिजन्स बैंकका कार्डबाहक ग्राहकहरूले हार्ड रक क्याफेमा १५ प्रतिशतसम्मको छुट पाउनेछन् ।

यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरू लाभान्वित हुनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारतर्फ उत्प्रेरित हुने विश्वास बैंकको छ ।  

सिटिजन्स बैंकले १८८ शाखा, १४७ एटीएम, तीन विस्तार काउन्टर र ९७ वटा शाखारहित बैंकिङ इकाइमार्फत सेवा दिँदै आएको छ ।

 

प्रकाशित मिति: बिहीबार, साउन ३२, २०८०  १९:२१
प्रतिक्रिया दिनुहोस्