site stats
बाह्रखरी :: Baahrakhari
देश
वाग्मतीसहित यी हुन् आज भारी वर्षा हुने प्रदेश
फाइल तस्बिर

काठमाडौं । देशका केही भू–भागमा आज पनि वर्षाको सम्भावना रहेको छ । केही क्षेत्रमा भारी वर्षाको समेत सम्भावना रहेको छ । गएरातिदेखि नै केही जिल्लामा भारी वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । 

आज बिहान गण्डकी प्रदेशमा सामान्य बदली रही बाँकी भू–भागमा आंशिकदेखि सामान्य बदली रहेको छ । गण्डकी प्रदेशको धेरै स्थाना, कोसी, वाग्मती र कर्णाली प्रदेशका थोरै स्थानमा र बाँकी प्रदेशको एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

सिन्धुपाल्चोक, इलाम, झापा, मोरङ, सुनसरी, सप्तरी, चितवन, गोरखा, लमजुङ, कास्की, पर्वत, स्याङजा, पाल्पा, नवलपरासी, रूपन्देही, दाङ, बर्दिया, दार्चुलामा भारी वर्षा भएको हो । केही जिल्लामा अहिले पनि भारी वर्षा भइरहेको छ । 

विभागका अनुसार आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । पहाडी भू–भागको केही स्थानमा र बाँकी भू–भागको थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । 

कोसी र वाग्मती प्रदेशका एकदुई स्थानमा मेघगर्जन/चट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको छ ।

विभागका अनुसार देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । कोसी, मधेस र गण्डकी प्रदेशको केही स्थानमा तथा बाँकी थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । 

कोसी र गण्डकी प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको विभागले जनाएको छ ।

भारी वर्षाको समेत सम्भावना रहेकाले आज जलसतह बढ्ने, गेग्रान बहाव हुने, बाढी, पहिरो, भूक्षयजस्ता प्रकोपको सम्भावना रहेको छ । त्यसलै यसबाट बच्न तथा सम्भावित क्षति कम गर्न सतर्क हुनु पर्ने विभागले जनाएको छ । 

जनस्वास्थ्य, कृषि, दैनिक जनजीवन, सडक तथा हवाई यातायात प्रभावित हुनसक्ने विभागको भनाइ छ । 

मनसुनको न्यूनचापीय रेखा अहिले सरदर स्थानभन्दा उत्तरतिर (नेपाल नजिक) रहेको छ ।
 

प्रकाशित मिति: बिहीबार, साउन ३२, २०८०  ०६:२३
प्रतिक्रिया दिनुहोस्