site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
च्यासल पुगे भीम रावल, ओलीसँग छलफल
फाइल तस्बिर।

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र नेता भीम रावलबीच छलफल सुरु भएको छ ।

अहिले पार्टी कार्यालय च्यासलमा छलफल भइरहेको छ । पार्टीको दशौँ महाधिवेशनपछि असन्तुष्ट रहेका रावल लामो समयदेखि पार्टी कार्यालय गएका थिएनन् ।

यसअघि, उनलाई पार्टीमा जिम्मेवारी दिन कार्यदल समेत गठन भएको थियो । उनलाई पार्टीको जिम्मेवारी दिन अध्यक्ष ओलीले छलफल गर्ने गरी पहिलो चरणको वार्ता भएको थियो ।

प्रकाशित मिति: मंगलबार, साउन ३०, २०८०  १६:३९
प्रतिक्रिया दिनुहोस्