site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
महालक्ष्मी विकास बैंकले गर्‍यो विभिन्न संस्थासँग सम्झौता

काठमाडौं । महालक्ष्मी विकास बैंकले स्वास्थ्य, होटेल तथा रेष्टुरेन्ट क्षेत्रका संस्थासँग सम्झौता गरेको छ ।

सम्झौताअनुसार बैंकका डेबिट अथवा क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ प्रयोग गर्ने ग्राहकहरुले उक्त संस्थाहरुका विभिन्न सेवाहरुमा विशेष छुट प्राप्त गर्न सक्नेछन् ।

बैंकका ग्राहकहरुले पर्साको वीरगञ्जस्थित मंगलम् डायग्नोस्टिक सेन्टरको प्याथोलोजी टेस्ट सेवामा १० प्रतिशत, बाराको सिमरास्थिटर होटेल क्विक–२० रिभर साइडको सेवाहरुमा अधिकतम १० प्रतिशत, मकवानपुरको हेटौँडास्थिर रिगल हेटौँडा रिसोर्टका सेवाहरुमा अधिकतम १५ प्रतिशत छुट पाउने छन् ।

यस्तै, कैलाली धनगढीस्थित नर्सिङ अस्पतालका सेवाहरुमा अधिकतम २० प्रतिशत, मकवानपुरको हेटौँडास्थित विशुद्ध मोःमोचाका सेवाहरुमा १० प्रतिशत र चितवनको भरतपुरस्थित कविलास रिसोर्ट र फनपार्कका सेवाहरुमा १० प्रतिशत छुट प्राप्त गर्न सक्ने बैंकले जनाएको छ ।

यस सम्झौताले बैंकका डेबिट अथवा क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ प्रयोग गर्ने ग्राहकहरु प्रत्यक्ष रुपमा लाभान्वित हुने विश्वास लिएको बैंकले जनाएको छ ।

प्रकाशित मिति: सोमबार, साउन २९, २०८०  १६:३३
प्रतिक्रिया दिनुहोस्