site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
एमालेको अवरोधपछि एक हप्तालाई रोकियो प्रतिनिधिसभा

काठमाडौं । संसद्मा प्रमुख प्रतिपक्षी नेकपा (एमाले)को अवरोधपछि संसद् बैठक भदौ ३ गते सम्मका लागि स्थगित भएको छ ।

नक्कली सर्टिफिकेट काण्डमा पक्राउ परेका नेपाली कांग्रेसका सांसद डा. सुनील शर्मालाई बोल्न दिएको प्रतिपक्षी एमालेले आफ्ना कुरा राखेर गृहमन्त्रीको राजीनामा माग्दै वेल घेरेर नाराबाजी गरेका थियो ।

नाराबाजी नरोकिएपछि सभामुख देवराज घिमिरेले भदौ ३ गतेसम्मका लागि बैठक स्थगित गरेका हुन् ।

प्रकाशित मिति: सोमबार, साउन २९, २०८०  १५:३८
प्रतिक्रिया दिनुहोस्