site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
सांसदहरूलाई देउवाको चेतावनी– आलोचना गर्नुस् तर, अनुशासन भित्र बसेर

काठमाडौं । नेपाली कांग्रेसका सभापति तथा संसदीय दलका नेता शेरबहादुर देउवाले सांसदहरूलाई आलोचना गर्दा अनुशासनको सीमा नबिर्सन चेतावनी दिएका छन् ।

गत शुक्रबारदेखि जारी संसदीय दलको बैठकमा सभापति देउवाले सोमबार यस्तो चेतावनी दिएका हुन् ।

उनले जनताका मुद्दा र राष्ट्रिय मुद्दामा कसैले बोल्न नरोक्ने भन्दै आफ्नो आलोचना गर्ने छुट पनि सांसदहरूलाई भएको बताए । तर, त्यसो गर्दै गर्दा अनुशासनभित्र भने सांसदहरू बस्नुपर्ने उनको चेतावनी थियो ।  

“राष्ट्रिय मुद्दा, जनताका सवालमा बोल्नुस्, आलोचना गर्नुस्,” देउवाको चेतावनीयुक्त भनाइ उद्धित गर्दै एक सांसदले बाह्रखरीसँग भने, “तर, अनुशासनमा बसेर बोल्नुपर्छ । आधारभूत मूल्य मान्यतामा बोल्नुहोस् ।” उनले सांसदहरूलाई आफूले पाएको स्वतन्त्रताको दुरुपयोग नगर्न समेत सुझाव दिएका थिए ।

 

प्रकाशित मिति: सोमबार, साउन २९, २०८०  १४:०५
प्रतिक्रिया दिनुहोस्