site stats
बाह्रखरी :: Baahrakhari
खेल
तनावपूर्ण खेलमा बार्सिलोना रोकियो 

काठमाडौं । स्पेनिस ला लिगाको आफ्नो पहिलो खेलमा साविक विजेता समेत रहेको बार्सिलोना गेटाफेसँग गोलरहित बराबरीमा रोकिएको छ ।

आइतबार कोलिसेउम अल्फोन्सो पेरेज रंगशालामा तनावपूर्ण बनेको खेलमा बार्सिलोनाका प्रशिक्षकसँगै राफिन्हा र गेटाफेका जाइमे माटाले रातो कार्डको दर्शन गरेका थिए ।

पहिलो हाफ हुन चार मिनेट बाँकी रहँदा गेटाफेका गाटसन अल्भारेजमाथि फाउल गरेपछि राफिन्हा सोझै रातो कार्डको दर्शन गर्दै मैदानबाट बाहिरिएका थिए । 

दोस्रो हाफमा प्रशिक्षक जाभीले रेफ्रीको निर्णयमाथि असन्तुष्टि जनाउँदै फोर्थ अफिसियलसँग विवादमा उत्रिएपछि रातो कार्ड पाएका थिए । 

यस्तै, दोस्रो हाफमा माटाले पनि दोहोरो पहेँलो कार्डसँगै रातो कार्ड पाएपछि गेटाफे पनि १० खेलाडीमा समेटिएको थियो ।

गेटाफेविरुद्धको खेलसँगै बार्सिलोनाबाट मिडफिल्डर इल्काइ गुन्डोगानले ‘डेब्यु’ गरेका छन् । इंग्लिस क्लब म्यानचेस्टर सिटीका पूर्वकप्तान गुन्डोगान यसै सिजन बार्सिलोना अनुबन्ध भएका थिए ।

प्रकाशित मिति: सोमबार, साउन २९, २०८०  ०९:३४
प्रतिक्रिया दिनुहोस्