site stats
बाह्रखरी :: Baahrakhari
देश
दुईतर्फी सञ्चालनमा आयो पृथ्वी राजमार्ग
फाइल तस्बिर।

काठमाडौं । पहिरोका कारण अवरुद्ध बनेको पृथ्वी राजमार्ग सञ्चालनमा आएको छ । राजमार्ग दुईतर्फी रुपमा सञ्चालनमा आएको हो ।

आइतबार अपराह्न करिब साढे ४ बजे धादिङको गजुरी गाउँपालिका–१ स्थित गाउँपालिकाको कार्यालयनजिकै सडकमा पहिरो खसेपछि राजमार्ग दुईतर्फी रुपमा बन्द भएको थियो ।

अविरल वर्षासँगै सडकमाथिबाट लेदोसहितको पहिरो खसेर बाटो दुईतर्फी नै अवरुद्ध भएको थियो । अहिले पहिरोबाट थुप्रिएको लेदो हटाएसँगै राजमार्ग दुईतर्फी सञ्चालनमा आएको इलाका प्रहरी कार्यालय गजुरीले जनाएको छ ।

प्रकाशित मिति: आइतबार, साउन २८, २०८०  १९:१४
प्रतिक्रिया दिनुहोस्