site stats
बाह्रखरी :: Baahrakhari
देश
गजुरीमा पहिरो, पृथ्वी राजमार्ग अवरुद्ध
प्रतीकात्मक तस्बिर ।

काठमाडौं । पहिरोका कारण पृथ्वी राजमार्ग अवरुद्ध भएको छ ।

आइतबार अपराह्न करिब साढे ४ बजे धादिङको गजुरी गाउँपालिका–१ स्थित गाउँपालिकाको कार्यालयनजिकै सडकमा पहिरो खसेको प्रहरीले जनाएको छ ।

अविरल वर्षासँगै सडकमाथिबाट लेदोसहितको पहिरो खसेर बाटो दुईतर्फी नै अवरुद्ध भएको इलाका प्रहरी कार्यालय गजुरीले जानकारी गराएको छ । प्रहरीका अनुसार पहिरो पन्छाउने कार्य जारी छ ।

प्रकाशित मिति: आइतबार, साउन २८, २०८०  १७:१९
प्रतिक्रिया दिनुहोस्