site stats
बाह्रखरी :: Baahrakhari
देश
बर्दियामा भारी वर्षा, सतर्कता अपनाउन आग्रह
फाइल तस्बिर ।

काठमाडौं । बर्दियामा आइतबार बिहान भारी वर्षा मापन गरिएको छ । पछिल्लो ३ घण्टामा बर्दियाको रमभापुर, रानी वर्षा मापन केन्द्र र आसपासका क्षेत्रमा भारी वर्षा मापन भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

सो क्षेत्रमा थप वर्षा हुने पूर्वानुमान छ । ती स्थान भई बहने साना खोलाहरूमा आकस्मिक बाढी आउन सक्ने सम्भावना छ ।

तटीय क्षेत्रमा दिउँसोसम्मै सतर्कता अपनाउन विभागले आग्रह गरेको छ ।

“साउन २८, बिहान १०ः१५ । पछिल्लो तीन घण्टामा बर्दियाको रमभापुर, रानी वर्षा मापन केन्द्र र आसपासको क्षेत्रमा भारी वर्षा मापन भएको र थप वर्षा हुने पूर्वानुमान रहेको छ,” विभागको सूचनामा उल्लेख छ, “सो क्षेत्र भई बहने स–साना खोलाहरूमा आकस्मिक बाढी आउन सक्ने, तटीय क्षेत्रमा रहनुहुनेले दिउँसोसम्मै सतर्कता अपनाऔँ ।” 

qfmdgm1691902164.jpg

प्रकाशित मिति: आइतबार, साउन २८, २०८०  १०:३३
प्रतिक्रिया दिनुहोस्