site stats
बाह्रखरी :: Baahrakhari
देश
एमाले मुख्यालयमा पस्यो बाढी 

काठमाडौं । अविरल वर्षापछि ललितपुरको च्यासलस्थित नेकपा (एमाले)को केन्द्रीय कार्यालयमा मनोहरा खोलाको बाढी पसेको छ ।

कार्यालय हाताभित्र पानी पस्दा केही शैक्षिक सामग्रीमा क्षति पुगेको एमालेले जनाएको छ ।

बाढीका कारण सडक हिलाम्मे भएको छ । बाढीका कारण मंगलबार मध्याह्नसम्म सो क्षेत्रमा सवारी आवागमत समेत प्रभावित भएको थियो ।

यस्तै, काठमाडौंको थापाथलीस्थित राजपेपर कन्सर्नमा बाढी पस्दा लाखौँ रुपैयाँको क्षति भएको छ ।

प्रकाशित मिति: मंगलबार, साउन २३, २०८०  १३:०२
प्रतिक्रिया दिनुहोस्