site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
एमाले अडानबाट पछि नहट्दा प्रतिनिधिसभा बैठक बस्न ढिलाइ
फाइल तस्बिर ।

काठमाडौं । करिब क्विटल सुन तस्करी प्रकरणको छानबिनका लागि उच्चस्तरीय समिति गठनको ‘बटमलाइन’बाट नेकपा (एमाले) टसमस भएको छैन । आज दिउँसो १ बजेका लागि बोलाइएको प्रतिनिधिसभा बैठक सोही कारण अहिलेसम्म सञ्चालन हुन सकेको छैन ।

“सहमतिको प्रयासका लागि यहाँ छलफल भइरहेको छ, सभामुखसँग सत्तापक्ष र प्रतिपक्षी दलका प्रमुख सचेतक र नेताहरू छलफलमा हुनुहुन्छ । तर, निष्कर्ष आइसकेको छैन,” एक सांसदले बाह्रखरीसित भने ।

Argakhachi Cement Island Ad

संसद्को गतिरोध हटाउन भन्दै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सोमबारै बिहान प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गरेका थिए । सोमबारै प्रधानमन्त्री प्रचण्डले राजनीतिक दलका प्रमुख सचेतकहरूसँग पनि छलफल गरेका थिए ।

“बिहान छलफलमा गृहमन्त्रीले सदनमा जवाफ दिने र बैठक चलाउने सहमति भएको थियो । तर, केही बेरमै एमालेले सहमति तोडेर जवाफले मात्र नपुग्ने र समिति गठन हुनुपर्ने अडान दोहो¥याएपछि समस्या सिर्जना भएको हो,” बैठकमा सहभागी अर्का एक सांसदले भने ।

सदनको गतिरोध हटाउने विषयमा आजै दिउँसो सभामुख देवराज घिमिरेसित गृहमन्त्री नारायणकाजी श्रेष्ठले छलफल गरेका थिए ।

प्रकाशित मिति: सोमबार, साउन १५, २०८०  १४:२३
प्रतिक्रिया दिनुहोस्