site stats
बाह्रखरी :: Baahrakhari
देश
अवरुद्ध नारायणगढ–मुग्लिन सडक सञ्चालन
फाइल तस्बिर

काठमाडौं । पहिरोका कारण अवरुद्ध नारायणगढ–मुग्लिन सडक सञ्चालनमा आएको छ । सडकखण्डको कालीखोलामा पहिरो खसेपछि सडक अवरुद्ध भएको थियो ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक विजयराज पण्डितका अनुसार आज बिहान ७ बजे इच्छाकामना गाउँपालिका–६ कालीखोलामा पहिरो गएको हो । पहिरो बिहान ८ः५५ बजेसम्म पन्छाएर सडक सञ्चालनमा ल्याइएको हो । 

Argakhachi Cement Island Ad

पहिरोका कारण रोकिएका सवारी साधन पहिरो पन्छाएसँगै गन्तव्यतर्फ लागेका छन् ।

यसअघि आज बिहान १ बजे सोही स्थानमा खसेको पहिरो पन्छाएर ३ बजेदेखि सडक सञ्चालनमा ल्याइएको थियो । पहिरोका कारण यस सडकखण्ड पटकपटक अवरुद्ध हुँदै आएको छ । रासस

प्रकाशित मिति: शनिबार, साउन १३, २०८०  १०:५१
प्रतिक्रिया दिनुहोस्