site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
एक वर्षमा १७ अर्ब बढीको मकै नेपाल भित्रियो, अमेरिकासहित ११ देशबाट आयात 

काठमाडौं । गत आर्थिक वर्ष २०७९–८० मा नेपालले विभिन्न देशबाट १७ अर्ब १७ करोड ३६ लाख १५ हजार रुपैयाँ बराबरको मकै आयात गरेको छ ।  नेपालले उक्त मकै २०७९ साउन १ गतेदेखि २०८० असार मसान्तसम्मको अवधिमा आयात गरेको हो । 

भन्सार विभागका अनुसार उक्त रकममा ४३ करोड ८८ लाख ७३ हजार ५८६ केजी मकै नेपाल भित्रिएको छ ।  अर्जेन्टिना, भारत, मेक्सिको, थाइल्याण्ड, ब्राजिल, इन्डोनेसिया, मलेसिया, म्यानमार, दक्षिण अफ्रिका, अमेरिका र युनाइटेड अरब इमिरेट्सबाट नेपालले मकै आयात गर्ने गरेको छ । 

अघिल्लो आर्थिक वर्ष २०७८–७९ मा नेपालले १९ अर्ब ६४ करोड ९६ लाख २५ हजार रुपैयाँको मकै आयात गरेको थियो । 
 

प्रकाशित मिति: मंगलबार, साउन ९, २०८०  १४:४९
प्रतिक्रिया दिनुहोस्