site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
एमाले अध्यक्ष ओली स्वदेश फिर्ता
फाइल तस्बिर
Argakhachi Cement Island Ad

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली एक साता लामो कम्बोडिया भ्रमण सकेर स्वदेश फर्किएका छन् । ओली साउन २ गते सोमबार निर्वाचन पर्यवेक्षणका लागि कम्बोडिया गएका थिए ।  

कम्बोडियामा अध्यक्ष ओलीले त्यहाँका प्रधानमन्त्री सामदेक टेचो हुन सेनसँग भेटवार्ता गरेका थिए । ओलीले श्रीलंकाका पूर्वराष्ट्रपति मैत्रीपाला सिरिसेना र नाइजेरियाका पूर्वराष्ट्रपति जोनाथन गुडलकसँग पनि भेटवार्ता गरेका थिए । ओलीले कम्बोडियामा भएको निर्वाचनको पर्यवेक्षण गरेका थिए । 

भ्रमणमा  राधिका शाक्य, उपमहासचिव विष्णु रिमाल र सचिवालय टोलीसहित ६ जना सहभागी थिए । रासस

प्रकाशित मिति: मंगलबार, साउन ९, २०८०  ०८:३९
प्रतिक्रिया दिनुहोस्