site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
नीतिगत दर घट्यो,  बैंकदर यथावत्

काठमाडौं । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८०/०८१ को मौद्रिक नीतिमार्फत नीतिगत दर घटाएको छ ।

आइतबार राष्ट्र बैंकले मौद्रिक नीति सार्वजनिक गर्दै ०.५ प्रतिशत घटेको जानकारी दिएको हो । गत वर्ष सात प्रतिशत कायम गरिएको नीतिगत दर यो वर्ष ६.५ प्रतिशत कायम गरिएको छ ।

“आन्तरिक तथा बाह्य आर्थिक परिदृश्यलाई दृष्टिगत गरी नीतिगत दरलाई ५० आधार बिन्दुले घटाइ ६.५ प्रतिशत कायम गरिएको छ,” मौद्रिक नीतिमा उल्लेख छ ।

यस्तै बैंकदरलाई ७.५ प्रतिशतमा यथावत् राखिएको छ । निक्षेप संकलन बोलकबोल दरलाई ५.५ प्रतिशतबाट घटाएर ४.५ प्रतिशत कायम गरिएको छ ।
 

प्रकाशित मिति: आइतबार, साउन ७, २०८०  १३:३७
प्रतिक्रिया दिनुहोस्