site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
मौद्रिक नीति आज ल्याइँदै

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज आर्थिक वर्ष २०८०/०८१ को मौद्रिक नीति ल्याउँदै छ । अपराह्न ४ बजे मौद्रिक नीति सार्वजनिक गर्न लागिएको हो ।

गर्भनर महाप्रसाद अधिकारीले सार्वजनिक गर्ने उक्त मौद्रिक नीति पारित गर्न सञ्चालक समितिको बैठक बस्दै छ ।

पछिल्लो समय अर्थमन्त्री डा.प्रकाशशरण महतले लचिलो मौद्रिक नीति ल्याउने पर्नेमा जोड दिँदै आएका छन् । त्यसलाई नै लक्षित गरेर मौद्रिक नीति तयार गरिएको स्रोतको भनाइ छ ।

मौद्रिक नीतिले सेयरबजारलाई भने सुविधा नदिने बताइएको छ ।

 

प्रकाशित मिति: आइतबार, साउन ७, २०८०  ०७:३४
प्रतिक्रिया दिनुहोस्