site stats
बाह्रखरी :: Baahrakhari
देश
मोरङमा मोटरसाइकल चोरीमा संलग्न दुईजना पक्राउ 

विराटनगर । मोरङमा मोटरसाइकल चोरीमा संलग्न रहेको आरोपमा दुईजना पक्राउ परेका छन् ।

यही साउन ३ गते विराटनगर महानगरपालिका–२ स्थित राधाकृष्ण मन्दिरअगाडि पार्किङ गरिराखेको मोटरसाइकल चोरीमा संलग्न दुईजना पक्राउ परेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

पक्राउ पर्नेमा सुनसरीको इटहरी उपमहानगरपालिका–१३ मा बस्दै आएका २५ वर्षीय मो. कमरुदिन र इटहरी–१४ मा बस्दै आएका २२ वर्षीय मो. सम्सेर छन् ।

प्रहरीले उनीहरूलाई मोटरसाइकलसहित नियन्त्रणमा लिएको थियो । उनीहरूविरुद्ध चोरी कसुरमा थप अनुसन्धान भइरहेको मोरङका प्रहरी प्रवक्ता एवं डीएसपी रञ्जनकुमार दाहालले जानकारी दिए ।

प्रकाशित मिति: शनिबार, साउन ६, २०८०  २२:४९
प्रतिक्रिया दिनुहोस्