site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
कांग्रेस केन्द्रीय समिति बैठक : तेस्रो दिन ३५ सदस्यले राखे धारणा

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको तेस्रो दिन ३५ जना सदस्यहरुले धारणा राखेका छन् ।

बिहीबार पार्टी कार्यालय सानेपामा बसेको बैठकमा विभिन्न १० वटा एजेन्डामाथि सुरेन्द्रराज पाण्डे, कर्णबहादुर बुढा, रामजनम चौधरी, डा. गोपाल दहित, योगेन्द्र चौधरी, यज्ञराज जोशी, रमा कोइराला (पौडेल), टेकप्रसाद गुरुङले धारणा राखेका हुन् । यस्तै, महेन्द्रकुमार राय, सञ्जयकुमार गौतमलगायत ३५ जना सदस्यहरुले धारणा राखेका हुन् ।

Argakhachi Cement Island Ad

बैठकमा समसामयिक राजनीतिक, आर्थिक, सामाजिक विषयका साथै विभिन्न समितिहरूका तर्फबाट पेस भएका प्रतिवेदनहरूमाथि धारणा राख्दै केन्द्रीय सदस्यहरुले पार्टीभित्र वादविवाद गर्नुभन्दा पनि पार्टीलाई एकढिक्का भएर अघि बढाउनुपर्नेमा जोड दिएका थिए । त्यस्तै, उनीहरुले मुलुकको परिवर्तनको नेतृत्व कांग्रेसले लिने गरी अघि बढ्नुपर्ने धारणा पनि राखेका थिए ।

मङ्गलबारदेखि सुरु भएको बैठकमा छलफलका लागि महामन्त्री विश्वप्रकाश शर्माले प्रस्तुत गरेको पार्टीका १० एजेन्डा र अर्का महामन्त्री गगन थापाले पेस गरेको वार्षिक कार्य योजनाका साथै विभिन्न समितिहरूका तर्फबाट पेस भएका प्रतिवेदनहरूमाथि छलफल भइरहेको छ । बैठक शुक्रबार बिहान ११ बजे पुन बस्ने कांग्रेसले जनाएको छ ।

प्रकाशित मिति: बिहीबार, साउन ४, २०८०  १८:१९
प्रतिक्रिया दिनुहोस्