site stats
बाह्रखरी :: Baahrakhari
देश
भक्तपुरमा जुवातास खेलिरहेको अवस्थामा सातजना पक्राउ
प्रतीकारात्मक तस्बिर ।

काठमाडौं । भक्तपुरको मध्यपुरठिमी नगरपालिका–९, गाँखुमा जुवातास खेलिरहेको अवस्थामा सातजना पक्राउ परेका छन् ।

सोही ठाउँमा बस्ने ७० वर्षीय बलराम खड्काको घरमा जुवातास खेलिरहेको अवस्थामा खड्कासमेत सातजनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

खड्काको घरमा जुवातास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी वृत्त ठिमीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ८६ हजार २५ रुपैया र तीन बुक ताससहित पक्राउ गरेको बताइएको छ ।

 

प्रकाशित मिति: मंगलबार, साउन २, २०८०  १९:४३
प्रतिक्रिया दिनुहोस्