site stats
बाह्रखरी :: Baahrakhari
देश
यी जिल्लामा आज बाढीको जोखिम
तिनाउ नदीको दृष्य । फाइल तस्बिर ।

काठमाडौं । देशका केही सानाठूला नदीहरूमा आज पनि पानीको बहाव उल्लेख्य बढ्ने पूर्वानुमान छ ।

यस दिन लमजुङ, कास्की र पर्वत भई बहने केही साना नदीहरूमा बहाव उल्लेख्य बढ्ने बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।

नदीतटीय क्षेत्रमा सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।

आज कर्णाली, महाकाली र यसका सहायक नदीहरूमा जलसतह केही बढ्ने तर सतर्कता तहभन्दा तलै हुने महाशाखाको पूर्वानुमान छ ।

snaf1689565086.jpg

प्रकाशित मिति: सोमबार, साउन १, २०८०  ०९:२२
प्रतिक्रिया दिनुहोस्