site stats
बाह्रखरी :: Baahrakhari
देश
तीन किलो गाँजासहित तीनजना पक्राउ
प्रतीकात्मक तस्बिर ।
Argakhachi Cement Island Ad

काठमाडौं । मकवानपुरमा तीन किलो गाँजासहित तीनजना पक्राउ परेका छन् । शनिबार बिहान प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको हो ।

पक्राउ पर्नेमा बाराको जितपुर सिमरा उपमहानगरपालिका–९, शान्ति टोलका १९ वर्षीय राहुलकुमार बैठासहित तीनजना छन् ।

मकवानपुरको मनहरी गाउँपालिका–७, मनहरी खोलाको बगरबाट अवैध लागुऔषध गाँजा तीन किलो २६० ग्रामसहित उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: शनिबार, असार ३०, २०८०  १९:१८
प्रतिक्रिया दिनुहोस्