site stats
बाह्रखरी :: Baahrakhari
देश
छात्रवृत्ति विवरण नबुझाउने विद्यालयलाई एक लाख जरिबाना 

काठमाडौं । इटहरी उपमहानगरपालिकाले छात्रवृत्ति विवरण नबुझाउने निजी विद्यालयलाई एक लाख रुपैयाँसम्म जरिबाना तिराउने निर्णय गरेको छ । 

शुक्रबार बसेको महानगरको शिक्षा शाखाको बैठकले १५ वटा निजी विद्यालयलाई जरिबाना तिराउने निर्णय छ । 

बैठकले शिक्षा शाखाको बैठकले दशवटा आधारभूत तहका विद्यालयलाई ५० हजार र पाँचवटा माध्यमिक विद्यालयलाई एक लाख रुपैयाँ जरिबाना तिराउने निर्णय गरेको हो । 

प्रकाशित मिति: शनिबार, असार ३०, २०८०  ०९:३९
प्रतिक्रिया दिनुहोस्