site stats
बाह्रखरी :: Baahrakhari
देश
दासढुंगामा बस दुर्घटना, १९ जना घाइते

काठमाडौं । चितवनको दासढुंगामा बस दुर्घटना हुँदा १९ जना घाइते भएका छन् । नारायणगढ–मुग्लिन सडकखण्ड अन्तर्गत चितवनको भरतपुर महानगरपालिका २९ दासढुंगामा बस दुर्घटना भएको हो । 

दुर्घटनाका घाइतेहरूको भरतपुरका विभिन्न अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । 

झापाको काँकडभिट्टाबाट काठमाडौंतर्फ आउँदै गरेको वाग्मती प्रदेश ०१–००६ ख ५२३७ नम्बरको यात्रु बस दुर्घटना भएको हो । बिहान साढे ५ बजे अनियन्त्रित भएर बस पल्टिएको प्रहरीले बताएको छ । 

प्रकाशित मिति: शुक्रबार, असार २९, २०८०  ०७:४०
प्रतिक्रिया दिनुहोस्