site stats
बाह्रखरी :: Baahrakhari
देश
जुवातास खेलिरहेको अवस्थामा काठमाडौंबाट ६ जना पक्राउ
प्रतीकारात्मक तस्बिर ।

काठमाडौं । काठमाडौं महानगरपालिका–६, कपनमा जुवातास खेलिरहेको अवस्थामा ६ जना पक्राउ परेका छन् ।

कपनस्थित सरस्वतीनगर बस्ने ४७ वर्षीय राजु थापाको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही महानगरपालिका–६ तेन्जिङचोक बस्ने नुवाकोटको दुप्तेश्वर गाउँपालिका–१ घर भएका ३६ वर्षीय कृष्णबहादुर स्याङतान समेत ६ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको हो ।

विशेष सूचनाको आधारमा प्रहरी प्रभाग कपनबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ९८ हजार रूपैयाँ र तीन बुक ताससहित पक्राउ गरेको जनाइएको छ ।

प्रकाशित मिति: मंगलबार, असार २६, २०८०  २३:५३
प्रतिक्रिया दिनुहोस्