site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
सुनचाँदीको मूल्य तीन दिनदेखि स्थिर
फाइल तस्बिर ।

काठमाडौं । स्थानीय बजारमा सुनचाँदीको मूल्य लगातार तीन दिनदेखि स्थिर छ । गएको आइतबारदेखि सुनचाँदी एउटै मूल्यमा कारोबार भएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ११ हजार ३०० रुपैयाँमा कारोबार भएको छ । आइतबार र सोमबार पनि छापावाल सुन यही मूल्यमा कारोबार भएको थियो ।

Argakhachi Cement Island Ad

तेजाबी सुनको मूल्य पनि स्थिर रही प्रतितोला एक लाख १० हजार ७५० रुपैयाँमा कारोबार भएको छ ।

यस्तै, चाँदीको मूल्य समेत तीन दिनदेखि स्थिर छ । चाँदी प्रतितोला एक हजार ३९५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

प्रकाशित मिति: मंगलबार, असार २६, २०८०  ११:४२
प्रतिक्रिया दिनुहोस्