site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
...त्यसदिन प्रधानमन्त्री होइन ज्ञानुको बुबा भएर बोलेँ

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूले एक पुस्तक विमोचन समारोहमा दिएको अभिव्यक्तिमा केही भावनात्मक भएको बताएका छन् ।

उनले प्रतिनिधिसभाको बैठकमा सम्बोधन गर्दै यस्तो बताएका हुन् ।

Argakhachi Cement Island Ad

“मेरो छोरी ज्ञानुको उपचारका क्रममा भएका कुरा मैले त्यहाँ कुरा गरेको हुँ, नबोलेको भए पनि हुने थियो । म अलि भावुक बनेकै हुँ, तब न प्रचण्ड,” उनले भने, “त्यसदिन म प्रधानमन्त्री होइन ज्ञानु (छोरी)को बुबा भएर बोलेँ ।”

उनले प्रीतम सिंहले २०६७ सालतिर आफ्नो छोरीको उपचार भारतमा गर्ने बेलामा निकै सहयोग गरेको र स्वर्गीय छोरा प्रकाश दाहालको सम्बन्धका कारण उनको निवासमा बसेर छोरीको उपचार गराएको स्मरण गरे ।
 

प्रकाशित मिति: सोमबार, असार २५, २०८०  १६:५१
प्रतिक्रिया दिनुहोस्