site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
सहकारीका ऋणीलाई पोखरा महानगरले भन्यो– ऋर्ण चुक्ता गर्नू, नभए कानुनी कारबाही हुन्छ

काठमाडौं । पोखरा महानगरपालिकाले सहकारी संस्थाका ऋणीहरूलाई ऋर्ण चुक्ता गर्न आग्रह गरेको छ ।

आइतबार एक सूचनामार्फत महानगरले आफूले लिएको ऋण फिर्ता नगरे कानुनी प्रकिया अगाडि बढाउने चेतावनीसमेत दिएको छ । 

"हाल यदाकदा समाजमा ऋण तिर्न नपर्ने वा नतिर्ने भन्ने जस्ता वित्तीय अराजकताहरू देखिएका छन् । कोही कसैले आफूले लिएको ऋण तिर्नुनपर्ने कल्पना गरेको भएमा त्यो आफैँका लागि प्रत्युत्पादक हुने र त्यस्ता गतिविधि नियन्त्रण गर्न पोखरा महानगरपालिकाबाट हदैसम्म कठोर कानुनी कारबाही गरिने कुरामा स्पष्ट पार्न चाहन्छ," सूचनामा भनिएको छ ।

महानगरपालिका नियमन क्षेत्रधिकारभित्रका सहकारी संस्थाहरूका सबै ऋणी सेयर सदस्यहरूलाई समयमै ऋणको साँवा, ब्याज तथा किस्ता भुक्तानी गर्न आग्रह गरिएको छ । 

निर्देशनविपरीत कार्य गरेमा पोखरा महानगरपालिका सहकारी ऐन, २०७५ को दफा ६० बमोजिम जायजेथाबाट असुलीका लागि प्रक्रिया अगाडि बढाइने चेतावनी दिइएको छ । 

प्रकाशित मिति: आइतबार, असार २४, २०८०  २३:१०
प्रतिक्रिया दिनुहोस्