site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
कोसी प्रदेश सरकारविरुद्धको रिट हेर्न नभ्याइने
फाइल तस्बिर।

काठमाडौं । कोसी सरकारविरुद्धको रिटको सुनुवाइ हेर्न नभ्याइने हुँदै स्थगित भएको छ ।

सर्वोच्च अदालतको न्यायाधीश डा. आनन्दमोहन भट्टराईको इजलासमा तोकिएको उक्त रिटमा आज सुनुवाइ भएन ।

बिहीबार सभामुख समेतलाई जोडेर सरकार गठन गरेपछि त्यसविरुद्ध नेकपा (एमाले)को तर्फबाट रिट परेको हो ।

कोसी प्रदेशका निर्वतमान मुख्यमन्त्री तथा एमाले संसदीय दलका नेता हिक्मत कार्कीले संविधानविपरीत सरकार गठन भएको भन्दै रिट दायर गरेका हुन् ।

प्रकाशित मिति: आइतबार, असार २४, २०८०  १५:२२
प्रतिक्रिया दिनुहोस्