site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
गगन थापा भन्छन्– युवालाई बाँच्ने आशा दिन नसक्ने राजनीतिको के अर्थ ?
फाइल तस्बिर

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पछिल्लो समय आत्महत्याका घटना बढेकोप्रति चिन्ता व्यक्त गरेका छन् । मुलुकको आर्थिक, सामाजिक र राजनीति अवस्थाले पनि जनतामा निराशा छाएको भन्दै उनले आत्महत्या रोकथामको लागि ठोस कदम चाल्न आवश्यक रहेको बताएका छन् । अन्उथा थप क्षति हुने उनको भनाइ छ । 

नेपाली राजनीति र राजनीतिज्ञले समाजको आवश्यकता बुझ्न नसकेको उनले बताएका छन् । नेपाली राजनीतिले युवा आफ्नै मनसँग लडी रहँदा उनीहरूलाई सहारा दिन र बाँच्ने आशा दिन सक्दैन भने त्यो राजनीतिको के अर्थ ? उनले प्रश्न गरेका छन् । 

Argakhachi Cement Island Ad

मानसिक स्वास्थ्य सम्बन्धी चेतना, परामर्श र उपचार सामान्य व्यक्तिको पहुँच पुग्ने संयन्त्र निर्माण गर्नुपर्ने उनको धारणा छ । 

अभिनेता सारुक ताम्राकार झुण्डिएको अवस्थामा मृत फेला  

“एक पछि अर्को प्रतिभाले आफ्नो जीवन अन्त्य गरेको देख्दा मन कुँडिएको छ । आज बिहान सामाजिक सञ्जाल खोल्दै गर्दा एकजना अर्को कलाकारको त्यस्तै खालको अभिव्यक्ति देखेँ । एकदमै अत्यास लाग्यो,” गगन सामाजिक सञ्जालमा लेख्छन्, “आखिर हामी कहाँ चुक्यौँ ? हाम्रो समाज कहाँ चुक्यो ? किन हरेक वर्ष आत्महत्या गर्नेहरूको संख्या  बढिरहेको छ ? हामीले यतिका वर्षदेखि कसका लागि संघर्ष गर्‍यौँ ? हामीले गरेको राजनीतिले, युवाहरू आफ्नै मनसँग लडी रहँदा उनीहरूलाई सहारा दिन सक्दैन भने, युवाहरूलाई बाँच्ने आशा दिन सक्दैन त्यो राजनीतिको के अर्थ ?” 

उनले काठमाडौं महानगर वाड नं. ३० मा सञ्चालन भइरहेको सहरी स्वास्थ्य प्रवर्द्धन केन्द्रमा मानसिक स्वास्थ्यका लागि आवश्यक थप सेवाहरू बिस्तार गर्ने पनि बताएका छन् । र, त्यहाँबाट सबैले निःशुल्क सेवा लिनसक्ने उनले बताएका छन् । 

प्रकाशित मिति: शनिबार, असार २३, २०८०  १२:३८
प्रतिक्रिया दिनुहोस्