site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
बैंकलाई नै चालु पुँजी कर्जा नियमन गर्न छोडौँ  : अध्यक्ष ढकाल 
फाइल तस्बिर ।

कठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले चालु पुँजी कर्जासम्बन्धी मार्गदर्शनले बैंक र व्यवसायीहरू सचेत भएको बताएका छन् ।

बिहीबार नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्सले संयुक्त रूपमा आयोजना गरेको आर्थिक वर्ष २०८०/८१ को पूर्वमौद्रिक नीति तथा अन्तर्क्रिया कार्यक्रममा बोल्दै ढकालले मौद्रिक नीति खुकुलो बनाएर अर्थतन्त्रलाई चलायमान बनाउनुपर्ने बताए ।

अध्यक्ष ढकालले चालु पुँजीको जिम्मा स्वयम् बैंकलाई दिनुपर्ने पनि बताए । फिक्स डिपोजिट र सेभिङको ब्याजदरको अन्तर ५ प्रतिशत भएकाले त्यसलाई पनि घटाउनुपर्ने ढकालको भनाइ छ । 
 

प्रकाशित मिति: बिहीबार, असार २१, २०८०  १८:३४
प्रतिक्रिया दिनुहोस्