site stats
बाह्रखरी :: Baahrakhari
देश
ओखलढुंगा र इलाममा बलात्कार आरोपमा दुईजना पक्राउ 
प्रतीकारात्मक तस्बिर ।

काठमाडौं । ओखलढुंगा र इलाममा बलात्कार आरोपमा दुईजना पक्राउ परेका छन् । 

ओखलढुंगामा १६ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा सिद्धिचरण नगरपालिका–३, अधेरी बस्ने ६५ वर्षीय फिन्चुले भन्ने रुखवीर राईलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । 

Argakhachi Cement Island Ad

राईले २०७९ कात्तिक ८ गते र २०७९ मंसिर ११ गते सिद्धिचरण नगरपालिका–३ बस्ने ४४ वर्षीय फुर्तिमान भन्ने सागर राईले ती किशोरीलाई ललाईफकाई बलात्कार गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय ओखलढुंगाबाट खटिएको प्रहरीले उनीहरूमध्ये रुखवीर राईलाई पक्राउ गरेको हो । हाल फरार सागर राईको प्रहरीले खोजी गरिरहेको छ । 

त्यस्तै, इलाममा १४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा रोङ गाउँपालिका–१, शान्तिपुर कटहरे बस्ने ३० वर्षीय अमृतबहादुर राईलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । 

राईले ती बालिकालाई विगत तीन महिना अगाडि देखिनै बलात्कार गर्दै आएको भन्ने उजुरीको आधारमा अस्थायी प्रहरी पोष्ट बर्फल्याङबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको जनाइएको छ ।  

प्रकाशित मिति: बुधबार, असार २०, २०८०  १२:५५
प्रतिक्रिया दिनुहोस्