site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
सुनचाँदीको मूल्य बढ्यो

काठमाडौं । स्थानीय बजारमा सुनचाँदीको मूल्य बढेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य तोलामा २०० रुपैयाँ बढेको छ । 

आज सुन तोलामा एक लाख १० हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ । गत कारोबार दिन मंगलबार उक्त सुन तोलामा एक लाख १० हजार ४०० रुपैयाँमा कारोबार भएको थियो ।

तेजाबी सुन तोलामा एक लाख १० हजार ५० रपैयाँमा कारोबार भइरहेको छ । 

त्यस्तै, आज चाँदीको मूल्य तोलामा पाँच रुपैयाँ बढेको छ । चाँदी तोलामा एक हजार ३८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।  
 

प्रकाशित मिति: बुधबार, असार २०, २०८०  १०:३८
प्रतिक्रिया दिनुहोस्