site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
संक्रमणकाल देखाएर जिम्मेवारीबाट भाग्नु हुँदैन : प्रधानमन्त्री (सम्बोधनको पूर्णपाठ)

पोखरा । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संक्रमणकालका नाममा आर्थिक सामाजिक विकासमा ढिलाइ गर्ने छुट कसैलाई नभएको बताएका छन् । 

शुक्रबार दिउँसो पोखरामा आयोजित अन्तर प्रदेश मुख्यमन्त्री बैठकको उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले तीनै तहमा भएका निर्वाचनले राजनीतिक संक्रमणको अन्त्य गरेको र अबको हाम्रो साझा गन्तव्य सुशासन र सम्बृद्धिमार्फत् समुन्नत नेपाल निर्माण गर्नु भएको बताउँदै संक्रमणकाल देखाएर जिम्मेवारीबाट नभाग्न सबैसँग आग्रह गरे । 

Argakhachi Cement Island Ad

“हामीले निकै लामो समय राजनीतिक संक्रमणमा नै बितायौं। जसले गर्दा देशको समग्र आर्थिक सामाजिक विकासका कार्यसूची ओझेलमा पर्दै गए । तीनै तहमा भएका निर्वाचनले राजनीतिक संक्रमणको अन्त्य गरेको छ,” प्रधानमन्त्री प्रचण्डले भने, “त्यसैले अबको हाम्रो साझा गन्तव्य सुशासन र सम्बृद्धिमार्फत् समुन्नत नेपाल निर्माण हो । तीन तहका सरकारबीचको समन्वय र सहकार्य नभई यो लक्ष्य पूरा हुन सक्दैन ।” 

संविधानले तीन तहका सरकारहरूको कार्य र अधिकारको सूची स्पष्ट गरेको भन्दै उनले उपलब्ध साधनस्रोतको अधिकतम परिचालन गर्दै कार्यभार पूरा गर्नेतर्फ सबैको प्रयास हुनुपर्नेमा जोड दिए । 

“सरकार आउने जाने भइरहन्छ, तर व्यवस्था संस्थागत भइसकेको र राजनीतिक संक्रमणको अन्त्य भइसकेकाले अब पनि संक्रमणणको नाममा आर्थिक सामाजिक विकासमा ढिलाइ गर्ने छुट हामी कसैलाई छैन,” उनले भने । 

प्रकाशित मिति: शुक्रबार, असार १५, २०८०  १३:३५
प्रतिक्रिया दिनुहोस्