site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
नयाँ प्रविधि र बीउ किसानसम्म पुर्‍याउन मन्त्री भुसालको जोड 
Argakhachi Cement Island Ad

काठमाडौं । कृषि तथा पशुपन्छी विकासमन्त्री डा. वेदुराम भुसालले अर्थतन्त्रलाई सबल बनाउन धान उत्पादनलाई प्रवर्द्धन गर्नुपर्ने बताएका छन् । राष्ट्रिय कृषि अनुसन्धान परिषद्ले शुक्रबार ललितपुरमा आयोजना गरेको २० औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सवलाई सम्बोधन गर्दै मन्त्री भुसाले एक लाख ३० हजार हेक्टर जमिन बाँझो भएको भन्दै अर्थतन्त्रलाई सबल बनाउन धान उत्पादनलाई बढाउनु पर्ने बताएका हुन् । 

उनले नेपालीको जीवनयापन परिवर्तन हुँदै जाँदा उत्पादनमा ध्यान दिन नसकिएको र जमिन बाँझो रहन पुगेको बताए । भुसालले नयाँ प्रविधि र बीउ किसानसम्म पुर्‍याएर उपलब्धि हासिल गर्नुपर्नेमा जोड दिए । 

उनले बाँझो जमिन उत्पादनका लागि यसपटक मन्त्रालयले केही बजेट छुट्टाएको जानकारी दिए । राष्ट्रिय योजना आयोगले कृषि मन्त्रालयको बजेट ‘सिलिङ’ घटाउँदा समस्या भएको उनले बताए । त्यस्तै मन्त्री भुसालले कृषि सामग्री संस्थानका ४१ डिपोसँग र साल्ट ट्रेडिङसँग मल पर्याप्त मौज्दात रहेको भन्दै यसवर्ष मलको अभाव नहुने स्पष्ट पारे । 

प्रकाशित मिति: शुक्रबार, असार १५, २०८०  १३:०१
प्रतिक्रिया दिनुहोस्