site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
सुनको मूल्य तोलामा २०० रुपैयाँ बढ्यो

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुनको मूल्य तोलामा २०० रुपैयाँले बढेको हो ।

आज छापावाल सुन तोलामा एक लाख नौ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार उक्त सुन तोलामा एक लाख नौ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो ।

आज तेजाबी सुन तोलामा एक लाख नौ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै, आज चाँदीको मूल्य भने तोलामा १० रुपैयाँले घटेको छ । यस दिन चाँदी तोलामा एक हजार ३६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । 
 

प्रकाशित मिति: शुक्रबार, असार १५, २०८०  १२:०२
प्रतिक्रिया दिनुहोस्