site stats
बाह्रखरी :: Baahrakhari
देश
यी जिल्लामा आज बाढीको उच्च जोखिम
नारायणी नदी । फाइल तस्बिर ।

काठमाडौं । देशका केही ठूलासाना नदीहरूमा आज पनि पानीको बहाव उल्लेख्य बढ्ने पूर्वानुमान छ ।

यस दिन रुपन्देही, कपिलवस्तु र पाल्पा आसपास भई बहने केही साना नदीहरूमा जलसतह उल्लेख्य बढ्नेछ । यी जिल्लामा बाढीको उच्च जोखिम रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।

यस्तै, अरू केही जिल्ला भई बहने साना नदीहरूमा पनि बहाव उल्लेख्य बढ्ने र केहीमा आकस्मिक बाढीको जोखिम रहने महाशाखाको पूर्वानुमान छ ।

नदीतटीय क्षेत्रमा विशेष सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।

asdf1688098167.jpg

प्रकाशित मिति: शुक्रबार, असार १५, २०८०  ०९:५५
प्रतिक्रिया दिनुहोस्