site stats
बाह्रखरी :: Baahrakhari
देश
झापा र इलाममा भारी वर्षा मापन, जलसतह बढ्ने भएकाले सतर्कता अपनाउन आग्रह
फाइल तस्बिर ।

काठमाडौं । मनसुनी वायुको प्रभावले देशभर बदली रहनुका साथै केही स्थानमा हावाहुरीसहित भारी वर्षाको सम्भावना रहेको छ ।

पछिल्ला दुई घण्टा इलामको जितपुर, बारफल्याङ र आसपास तथा झापाको दमक र आसपास भारी वर्षा मापन गरिएको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।

Argakhachi Cement Island Ad

बिरिङ खोला, रतुवाखोला लगायत झापा भई बहने अन्य केही ससाना नदीमा जलसतह आकस्मिक बढ्न सक्ने भएकाले भोलि (शुक्रबार)सम्म सतर्कता अपनाउन अनुरोध गरेको छ ।

मौसम पूर्वानुमान महाशाखाका मौसमविद् बिनु महर्जनका अनुसार काठमाडौं उपत्यकमा आज राति र भोलि हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

आज राति कोसी, मधेस, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन तथा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।
    

प्रकाशित मिति: बिहीबार, असार १४, २०८०  २२:३५
प्रतिक्रिया दिनुहोस्