site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
सुनको मूल्य घट्यो, चाँदीको स्थिर

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा ६०० रुपैयाँले घटेर कारोबार भइरहेको हो ।

आज छापावाल सुन तोलामा एक लाख १० हजार रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिन उक्त सुन तोलामा एक लाख १० हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, आज तेजाबी सुन तोलामा एक लाख नौ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ ।

आज चाँदीको मूल्य भने स्थिर रहेको छ । आज चाँदी प्रतितोला एक हजार ३७५ रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति: बुधबार, असार १३, २०८०  १०:५४
प्रतिक्रिया दिनुहोस्