site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
सानिमा बैंकद्वारा दिर्घायु बचत योजनाअन्तर्गत बिमा रकम हस्तान्तरण

काठमाडौं । सानिमा बैंकले सानिमा दिर्घायु बचत योजनाअन्तर्गत तीन लाख रूपैयाँको घातक रोगको बिमा दाबी रकम भुक्तानी गरेको छ । बैंकका खातावाला मतीराम माया अधिकारीलाई सानिमा दिर्घायु बचत योजनाअन्तर्गत तीन लाख रुपैयाँ घातक बीमा रकम भुक्तानी गरेको हो ।

सानिमा बैंकका बालाजु कार्यालयका प्रबन्धक रामहरि अधिकारीले बिमा प्रदायक कम्पनी मेटलाइफको योजनमा बिमा रकमको चेक हस्तान्तरण गरे ।

अधिकारीले सानिमा बैंकको धादिङबेँसी शाखामा उक्त योजनाअन्तर्गत बचत खाता खोलेकी थिइन् ।  

सानिमा बैंकले दिर्घायु बचत योजनाअन्तर्गत १० लाख रुपैयाँको दुर्घटना बिमा, तीन लाखसम्मको १३ घातक रोगको उपचार बिमा, १० हजार रूपैयाँसम्मको ओपीडी भुक्तानी शुल्कसहितको ५० हजार रूपैयाँसम्मको औषधि उपचार बिमा,  ५० हजारको आवधिक जीवन बिमा र पाँच हजारको वार्षिक स्वास्थ्य परीक्षण सुविधा प्रदान गर्दै आएको छ ।

सानिमा बैंकले १३२ वटा शाखा कार्यालय तथा १२२ वटा एटीएममार्फत सेवा दिँदै आएको छ । 

प्रकाशित मिति: आइतबार, असार १०, २०८०  २३:०२
प्रतिक्रिया दिनुहोस्