site stats
बाह्रखरी :: Baahrakhari
खेल
नेदरल्यान्ड्सको पहिलो जित

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप छनोटमा नेदरल्यान्ड्सले पहिलो जित निकालेको छ । समूह ‘बी’को खेलमा नेदरल्यान्ड्सले बिहीबार अमेरिकाविरुद्ध पाँच विकेटको जित निकालेको हो ।

जिम्बाब्वेको राजधानी हरारेस्थित ताकासिंगा स्पोर्ट्स क्लबमा सम्पन्न खेलमा अमेरिकाले प्रस्तुत गरेको २१२ रनको लक्ष्य नेदरल्यान्ड्सले ४३.३ ओभरमा पाँच विकेट गुमाएर पूरा गर्‍यो ।

नेदरल्यान्ड्सको जितमा कप्तान स्कट एडवार्डसले अविजित ६७ रन बनाए । तेजा निदामनुरुले ५८ रन बनाए । वेस्ली बरेसीले २९, म्याक्स ओ‘डोडले २६ र लोगन भान बीकले अविजित १२ रन जोडे ।

अमेरिकाका जेस्सी सिंहले दुई विकेट लिए । नोस्थुस केन्जिगे र सौरभ नेत्रावाल्कर, अली खानले समान एक विकेट लिए ।

त्यसअघि टस हारेपछि ब्याटिङमा आएको अमेरिकाले निर्धारित ५० ओभरमा आठ विकेट गुमाएर २११ रनको योगफल खडा गरेको थियो । 

अमेरिकाका सयान जहाँगिरले ७१ रन बनाएका थिए । जेस्सी सिंहले ३८, गजानन्द सिंहले ३३, नोस्थुस केन्जिगेले १९ र सौरभ नेत्रावाल्करले १४ रन जोडे । स्टेभन टेलर र सुशान्त मोदानीले समान १० रन थपे ।

नेदरल्यान्ड्सका बास डे लिडे र र्यान क्लेइनले समान दुई विकेट लिए । लोगन भान बीक, आर्यन दत्त, क्लाटोन फ्लोएड र विक्रमजित सिंहले समान एक विकेट लिए ।

प्रकाशित मिति: बिहीबार, असार ७, २०८०  २०:१३
प्रतिक्रिया दिनुहोस्