site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
सुनको मूल्य ८०० रुपैयाँले घट्यो, चाँदीको ४५ रुपैयाँ

काठमाडौं । नेपाल बजारमा सुनचाँदीको मूल्य घटेको छ ।

आज नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा ८०० रुपैयाँले घटेको छ ।

आज छापावाल सुन तोलामा एक लाख ११ हजार रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिन उक्त सुन तोलामा एक लाख ११ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।

आज तेजाबी सुन तोलामा एक लाख १० हजार ४५० रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै, आज चाँदी तोलामा ४५ रुपैयाँले घटेको छ । आज चाँदी तोलामा एक हजार ३८५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रकाशित मिति: बुधबार, असार ६, २०८०  ११:०८
प्रतिक्रिया दिनुहोस्