site stats
बाह्रखरी :: Baahrakhari
देश
रौतहटमा बलात्कार आरोपमा दुईजना पक्राउ
प्रतीकारात्मक तस्बिर ।

काठमाडौं । रौतहटमा आठ वर्षीया बालिका र १५ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा दुईजना पक्राउ परेका छन् ।

आठ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा गुजरा नगरपालिका–८, जयराजपुर बस्ने ४६ वर्षीय एजाजुल साइ फकिरलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

Argakhachi Cement Island Ad

सोही नगरपालिका–८, जयराजपुरस्थित झुपडी घरमा ती नाबालिकालाई गत जेठ २८ गते दिउँसो फकिरले बलात्कार गरेको उजुरीको आधारमा इलाका प्रहरी कार्यालय चन्द्रनिगाहापुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यसैगरी १५ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा वृन्दावन नगरपालिका–१ बस्ने ५० वर्षीय किशोरी राउतलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

स्थानीय मेडिकलमा औषधि लिन गएको अवस्थामा ती किशोरीलाई राउत र सोही ठाउँ बस्ने १९ वर्षीय लालु जैसवाल समेतले बलात्कार गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय गरुडा र प्रहरी चौकी विश्रामपुरबाट खटिएको प्रहरीले राउतलाई पक्राउ गरेको हो ।

साथै घटनामा संलग्न हाल फरार जैसवालको प्रहरीले खोजी गरिरहेको छ ।

 

प्रकाशित मिति: सोमबार, असार ४, २०८०  २१:०९
प्रतिक्रिया दिनुहोस्