site stats
बाह्रखरी :: Baahrakhari
खेल
जिम्बाब्वेविरुद्ध आसिफको अर्धशतक 

काठमाडौं । आईसीसी विश्वकप छनोटको पहिलो खेलमा जिम्बाब्वेविरुद्ध नेपालको ओपनर ब्याटर आसिफ शेखले अर्धशतक बनाएका छन् ।

हरारेस्थित हरारे स्पोर्ट्स मैदानमा टस हारेपछि ब्याटिङमा आएको नेपालबाट आसिफले ८२ बलमा चार चौकासहित ५० रन पूरा गरे । एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा आसिफको यो नवौँ अर्धशतक हो । 

हाल नेपालले २८.४ ओभरमा विकेट नगुमाई १५५ रन बनाएको छ । आसिफसँगै क्रिजमा रहेका कुशल भुर्तेलले ९३ रन बनाएका छन् ।
 

प्रकाशित मिति: आइतबार, असार ३, २०८०  १४:३२
प्रतिक्रिया दिनुहोस्